ताजा समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै नतिजा आउने

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् ।

स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता छन् ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

वाग्मती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

बिहीबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org