ताजा समाचार

माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको छ।

दिउँसो १ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।  बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनले बताए।

राष्ट्रपति संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज  साँझ ५ बजेसम्मको समय दिएकी छन्।

राष्टपति र प्रधानमन्त्रीले संविधान कुल्चिएको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org