ताजा समाचार

प्रधानमन्त्रीमा दाबी पेस गरेर शीतलनिवासबाट बाहिरिए ओली

काठमाडाै । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेर केपी शर्मा ‌ओली शीतलनिवासबाट बाहिरिएका छन् ।

उनी विपक्षी गठबन्धनभन्दा १० मिनेटअघि प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतलनिवास पुगेका थिए । ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहको समर्थन रहेको आधार प्रस्तुत गरेका छन् ।

यो प्रक्रिया आरम्भ भएलगत्तै ओली महन्थ ठाकुर र राजेन्द्र महतोसहित बिहीबार राति ११ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति  विद्यादेवी भण्डारीले यो प्रक्रिया अनुसार सरका गठनमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org