एमाले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी
काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।
एमाले निर्वाचन विभागका प्रमुख तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको बताए । राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको उनले बताए ।
एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...