ताजा समाचार

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

काठमाडाै । विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेशको माग गर्ने रिट दायर गर्न भ्याएनन् ।

तीन बजेसम्म सर्वोच्च अदालतको प्रशासन खुल्ने भएकाले त्यस समयमभित्र उनीहरूले रिट दायर गर्न नभ्याएका हुन् । रिटको मस्यौदाले पूर्णता पाउन समय लागेकाले सोमबार बिहान १० बजे रिट दायर गरिने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले सबै हस्ताक्षर सकिएकाले रिटको मस्यौदाले आइतबार पूर्णता पाउने र सोमबार रिट दर्ता गर्न जाने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org