ताजा समाचार

‘म कति बाँच्‍छु थाहा छैन, लोकतन्‍त्र सधैं बाच्‍नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू कति बाँच्छु भन्ने थाहा नभए पनि लोकतन्त्र सधैं बाच्नुपर्ने बताएका छन्। शुक्रबार मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि ओलीले लोकतन्त्र नै मास्न लागेको आरोप विपक्षीले लगाइरहेका बेला पत्रकारसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘लोकतन्त्रलाई जिताउनु मेरो कर्तव्य हो। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाच्नुपर्छ’, आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘मेरो पार्टीले चुनाव चित्छ जित्दैन थाहा छैन, लोकतन्त्रले सधैं जित्नुपर्छ।’

त्यसैगरी ओलीले यो लडाइँ आफ्नो लागि नभएको दाबी गरेका छन्। उनले आफ्ना लागि मान्छेले ज्यान जोखिममा राख्न नसक्ने भन्दै यो लडाइँ आफ्ना लागि नभएको बताएका हुन्। ‘मेरो लडाइँ आफ्ना निम्ति होइन। जब मान्छे बृहत् लक्ष्यका लागि लड्छ तबमात्र ज्यान जोखिममा राख्नसक्छ। मैले सधै ज्यान गोखिममा राखेको छु’, ओलीले भने।

आफूले गराउने चुनाव निष्पक्ष हुने दाबी गर्दै ओलीले आफू लोकतान्त्रिक आचरणभन्दा बाहिर नजाने दाबी गरे। लोकतान्त्रिक आचारणभित्र रहेरै निष्पक्ष चुनाव गर्ने उनको भनाइ छ।

‘मैले गराउने चुनाव निष्पक्ष हुन्छ, लोकतान्त्रिक आचारण भन्दा बाहिर गएर चुनाव हुँदैन’, ओलीले भने, ‘मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा हुनेछ। स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ त्यसमा ढुक्क हुनुहोस्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org