ताजा समाचार

प्रतिनिधिसभा विघटनले मुलुकलाई अस्थिरता र राजनीतिक द्वन्द्वमा लैजान्छ : चार पूर्वप्रधानन्यायाधीश

काठमाडाै । चार पूर्वप्रधानन्यायाधीशहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीमा केपी शर्मा ओलीको संसद विघटनको कदमले संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् ।

शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चार पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संविधानको मूल मर्मविपरीत कदम चाल्दै राष्ट्रपति र प्रधानमन्त्री संविधान समाप्तिको बाटोमा अघि बढेको बताएका हुन् ।

‘नियमित सरकारद्वारा विभिन्न समस्याहरूको सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरू संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरीत दिशातर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनीहरूले संसदलाई बारम्बार विघटन गरी अध्यादेशमार्फत शासन चलाउन खोज्नु र पूर्ण बजेट ल्याउन खोज्नुलाई विधिको शासनको उपहास भनेका छन् ।

पूर्वप्रधान्यायाधीशहरूले ११ फागुनको सर्वोच्चको फैसलामा संविधानको धारा ७६ का सबै प्रावधानका पूर्ण पालना गर्नुपर्ने भनिएपनि प्रधानमन्त्रीले संविधानको धारा ७६ को ३ अनुसार नियुक्तपछि विश्वासको मत नलिएर अदालतको फैसलाको पालना नगरेको उनीहरूको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीहरूको प्रेस विज्ञप्ति :                                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org