चौधरी ग्रुपले काठमाडौं उपत्यकामा थाल्यो इन्टरनेट सेवा, कति छ सस्तो ?
काठमाडाै । चौधरी ग्रुप (सीजी)ले मंगलबारबाट काठमाडाैं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ।
ग्रुपअन्तर्गतको सीजी नेटले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तोमा सीजी नेट सुरु गरेको हो।
उनले वर्ल्ड कलास प्रविधिको इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराएको बताएका छन्। हाल काठमाडौं उपत्यकामा मात्रै लञ्चिङ गरे पनि छिट्टै नेपालभर इन्टरनेट सुविधा उपलब्ध हुने बताएका छन्।
टेलिकममा फाइभजी सेवा सुरु गर्न अनुमति नपाएको चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ।
कम्पनीले १२० एमबीपीएस स्पिडको इन्टरनेट मात्रै ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउँदै छ।
कम्पनीले १२० एमबीपीएसको लागि इन्टरनेटको १ महिनाका लागि ९ सय ९९ रुपैयाँ, ३ महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँ, छ महिनाको लागि ५ हजार ९ सय ९४ रुपैयाँ, १ वर्षको लागि ११ हजार ९ सय ८८ रुपैयाँमा इन्टरनेट जडान गर्ने सुुरुवाती अफर गरेको छ।
सीजी नेट जडान गर्दा तार र जडान निःशुल्क हुनेछ। इन्टरनेट जडान गर्दा ५ सय रुपैयाँ रिफन्डेबल डिपोजिट गर्नुपर्छ। १ वर्षको इन्टरनेट जडान गर्दा राउटर फ्रि उपलब्ध हुने कम्पनीले जनाएको छ।
१ महिनाको लागि मात्रै जडान गर्नेको लागि महंगो पर्ने कम्पनीले उल्लेख गरेको छ। सिंगल ब्यान्ड राउटर प्रयोग गरे २५ सय र डुअल बेन्ड राउटर प्रयोग गरे ३५ सय रुपैयाँ तिर्नुपर्नेछ।
३ महिनाको लागि इन्टरनेट लिनेले सिंगल बेन्ड राउटरको २ हजार र डुअल बेन्ड राउटरको ३ हजार तिर्नुपर्ने हुन्छ।
६ महिनाको लागि इन्टरनेट जडान गर्नेले सिंगल बेन्डको १५ सय र डुअल बेन्डको प्रयोग गर्ने भए २५ सय रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।
राउटर फिर्ता गरे ५ सय रिफन्डेबल फिर्ता हुने सीजी नेटले जनाएको छ। कम्पनीले सुरुमा काठमाडौं उपत्यकामा इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी गराएको छ।
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...