नेपाल पक्षको बैठक : ओलीसँग समय तोकेरै विवाद सुल्झाउँ, नत्र पार्टी पुनर्गठन गरौं
काठमाडाै । माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यको बैठकमा पार्टी विवादलाई अब निश्चित समय तोकेरै टुंग्याउनु पर्नेमा जोड दिइएको छ।
आज बसेको भर्चुअल बैठकमा पछिल्ला घटनाक्रमबारे समीक्षा गरिएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएका अनौपचारिक छलफलमा जेठ २ मा फर्कने भनिए पनि त्यसलाई औपचारिकता नदिएर अल्झाएको अधिकांश नेताहरुले बताएका थिए।
सो छलफलमा जेठ २ मा फर्कने हो भने त्यसको औपचारिक टुंगो छिटो लगाउन ठाकुर गैरे, निरज आचार्य, केदार न्यौपाने, सुरेन्द्र मानन्धरसहितका नेताले सुझाव दिएका थिए।
उनीहरुले निश्चित समय तोकेर त्यसलाई टुंग्याउन सुझाव दिए। अलमल्याउने रणनीति हुनसक्ने तर्फ सचेत रहन पनि उनीहरुको आग्रह थियाे।
बैठकमा अधिकांश नेताले एकता बचाउनका लागि जेठ २ मा फर्किन ओली तयार छन् भने त्यसअनुसार अघि बढ्नुपर्ने बताएका थिए। तर अलमल्याउने हो भने पार्टी पुनर्गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए।
बैठकको सुरुमै ओली पक्षसँग भएका अनौपचारिक बैठकबारे घनश्याम भूसाल र सुरेन्द्र पाण्डेले जानकारी गराएका थिए।
सो भर्चुअल बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षसँग पनि निरन्तर संवादमा रहेका चार प्रभावशाली नेताहरु पनि सहभागी भएका छन्।
अनलाइन माध्यमबाट भएको छलफलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दाेस्रो तहका नेताहरुले पनि धारणा राखेका थिए।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...