ताजा समाचार

गोकर्ण र योगेशले भने – ‘पार्टीको गौरव र आन्दोलन बचाउका लागि गरिएका संवाद गैरक्रान्तिकारी हुनैसक्दैन’

काठमाडाै ।नेकपा एमालेका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकताका लागि भइरहेका वार्ता र संवादलाई नकारात्मक रूपमा नलिन आग्रह गरेका छन् । शुक्रबार एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीमा बोल्दै एकताका लागि प्रयासरत यी दुई पार्टी एकता आत्मसमर्पण नहुने र त्यसका लागि भइरहेका पहल गैरक्रान्तिकारी नहुने बताएको केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरले बताए ।

नेता विष्टले वार्ताको प्रयासलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरेका छन् । पार्टीको गौरव र आन्दोलन बचाउने ध्येयका साथ गरिएको इमान्दार प्रयास गैरक्रान्तिकारी नहुने बताएका हुन् । ‘पार्टीको गौरव र आन्दोलनको बचाउका लागि परिणाम आउनेगरी गरिएका संवाद गैरक्रान्तिकारी हुनैसक्दैन,’ उनले भनेका थिए ।

यस्तै, नेता भट्टराईले एकताको प्रयासमार्फत पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न नमिल्ने दाबी गरेका छन् । ‘केपी ओलीसँगको वार्ता प्रयास पार्टीको पुनर्गठनका लागि हो । यो हाम्रो सामूहिक संघर्षलाई निष्कर्षमा पुर्‍याउने लक्ष्य हो । एकता आत्मसमर्पण होइन । एकता ओलीको स्वेच्छाचारीता स्वीकार गर्न होइन, विधिबाट संगठन चलाउन पार्टी कब्जा गर्ने हो,’ उनले बैठकमा भनेका थिए ।

केन्द्रीय कमिटी सदस्यहरूले वार्ता र संवादका नाममा अल्झिएर नयाँ पार्टी घोषणामा अलमल गर्न नहुने भन्दै नेतृत्वलाई दबाब दिइरहेका बेला उनीहरूको यस्तो भनाइ आएको हो । बिहीबारबाट सुरु भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।  हाल स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम जारी छ । त्यसपछि नेता नेपालले समापन मन्तव्य राख्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org