ताजा समाचार

राष्ट्रिय युवा संघले भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने

काठमाडाै ।  राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धताको स्वागत गर्दै धन्यवाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सहज तथा प्रभावकारी बनाउन टोल–टोल तहसम्म स्वयंसेवक परिचालन गर्ने उनले बताए ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको पहलकदमीमा सङ्कलित उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा. डुकबहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ५० थान अक्सिजन सिलिन्डर, पीपीई, मास्क, ग्लोभ्स आदि गरी  रु १० लाख रकम बाराबरको सामग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org