ताजा समाचार

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने, ८ बजे शपथ

काठमाडाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा शुक्रबार सरकारमा जान लागेको हो ।

जसपाबाट महतोको नेतृत्वमा १० जना नेता सरकारमा जाने पक्का भएको छ । तीमध्ये आठ जना मन्त्री र दुई जना राज्यमन्त्री बन्नेछन् । नेता महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

यस्तै, नेता शरतसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिल झाले खानेपानी तथा सरसफाइ, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, चन्दा चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाले वन तथा वातावरण र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

यस्तै, रेनुका गुरुङले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।जसपाका मन्त्रीको शपथ साँझ ८ बजेका लागि तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org