ताजा समाचार

ईश्वर पोखरेलको उपप्रधानमन्त्री पद खोसियो

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा ईश्वर पोखरेललाई निरन्तरता नदिने भएका छन् । पार्टीको जिम्मेवारी प्रभावकारी बनाउनुपर्ने भन्दै उनलाई उपप्रधानमन्त्री पदबाट हटाउने निर्णय प्रधानमन्त्री ओलीले गरेको एक नेताले जानकारी दिए ।

‘पार्टी संकट समाधानका लागि उहाँलाई पूर्ण तबरले त्यतै केन्द्रित गराउने उद्देश्यले सरकारको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय प्रधानमन्त्रीको छ,’ ती नेताले भने ।

यसअघि ओलीले उनको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org