ताजा समाचार

संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि यस्तो बन्यो संवैधानिक इजलास

काठमाडौं ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोकिएका छन् । दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई आज गठन गरिएको संवैधानिक इजलासमा परेका छन् । सर्वोच्चको रोष्टरमा वरिष्ठताको क्रममा रहेका हरिकृष्ण कार्की राखिएको छैन । उनी पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नराखिएको हो ।  उनलाई पहिलो पटक प्रतिनिधि सभा विघटन हुँदा संवैधानिक इजलासमा राखिएपछि विवादमा परेका थिए । रोष्टरमा चौँथो वरियतामा रहेका न्यायाधीश विश्वम्भर श्रेष्ठ कोभिड-१९ भएर आइसोलेसनमा रहेकाले अनुपस्थित रहेकाले सातौं वरियतामा रहेका डा.भट्टराईलाई राखिएको हो । कार्की र श्रेष्ठ इजलासमा नराखिएपछि वरियतामा छैँटौ र सातौँ वरियतामा रहेका खतिवडा र डा. भट्टराईले मौका पाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org