ताजा समाचार

संवैधानिक इजलास बस्दै, कार्की र भट्टराईले आफूबारेको निर्णय सुनाउने

काठमाडौँ । बुधबार (आज) प्रतिनिधिसभा विघटन सम्बन्धी रिटहरुको सुनुवाइका लागि संवैधानिक इजलास बस्दैछ।

सोमबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा अस्वस्थ्य भएपछि स्थगित भएको संवैधानिक बुधबारका लागि तोकिएको छ।

दोस्रोपटक गरिएकोे प्रतिनिधिसभा विघटन विरुद्ध परेको ३० वटा रिट निवेदनको सुनुवाइका लागि दुईपटक गठन भएका इजलास विवादमा परेका छन्।

पहिलोे पटक जेठ १४ गते गठन भएको इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र वमकुमार श्रेष्ठप्रति १४६ जना सांसदका वकिलले प्रश्न उठाएका थिए भने आइतबार गठन भएको इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईको उपस्थितिप्रति सरकारी पक्षले प्रश्न उठाएका छन्।

केसी र श्रेष्ठ इजलासमा बसे आफूहरु नबस्ने भन्दै कार्की र भट्टराईले लिखित राय लेखेपछि सरकारी पक्षले त्यसप्रति आपत्ति जनाएको छ।

इजलासबाट अलग रहनुपर्ने भन्दै उठेको प्रश्नमा आफूले नै जवाफ दिनुपर्नेमा अरुले राय दिनु ठीक नभएको महान्यायधीवक्ता रमेश बडालसहित सरकारी पक्षको जिकिर थियो।

बुधबार इजलासमा छाड्नु पर्ने भन्दै उठेको प्रश्नमा कार्की र भट्टराईले लिखित राय दिने भएका छन्। मंगलबार दिउँसो सर्वोच्चमा उपस्थित भएर उनीहरुले इजलासमा पेश गर्ने लिखित आदेश तयार पारेका छन्।

स्रोतका अनुसार कार्की र भट्टराईले सरकारी पक्षले भने झै इजालस छाड्ने संभावना कम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org