ताजा समाचार

बालुवाटारमा प्रदर्शन गर्न पुगेका नागरिक अगुवाहरु पक्राउ

काठमाडाैँ । बृहत नागरिक आन्दोलनका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती लगायतलाई पक्राउ गरेको हो।

नागरिक आन्दोलनले सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्रेकाे हाे।

उनीहरुसहित प्रदर्शन गर्न पुगेका अन्य युवाहरुलाई पनि प्रहरीले पक्राउ गरेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org