ताजा समाचार

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, २४ घण्टाको समय

काठमाडाै । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार २४ घन्टा समय दिएर संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी हुन् ।

ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत मागेका थिए । तर, ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उनलाई साथ दिएनन् । ५७ मत खसेकोमा उनको विपक्षमा ३० मत परेको थियो ।

बैठकमा सहभागी भए पनि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए ।                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org