ताजा समाचार

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ७ जना बगाएको पुष्टि

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा हालसम्म्म सात जना बेपत्ता भएको पुष्टि भएको छ । तर, बेपत्ता हुनेको संख्या बढ्नसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । उनका अनुसार ३ ओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको छ ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थल जाँदैछ ।

रातिको समयमा बाढी आएका क्षती बढी भएको हो । पोखरेलका अनुसार अहिले पनि जोखिम कायम छ । नदिले ठूलठूला ढुङ्गा बगाइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org