पुटिनसँगको वार्ता सकारात्मक : बाइडेन
एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई देशबीच तनावपूर्ण सम्बन्ध भइरहेका बेला बुधबार जेनेभामा विश्वका दुई शक्तिशाली नेताबीच भेटवार्ता भएको हो ।
अमेरिकी समकक्षी पुटिनसँगको वार्तापछि पत्रकार सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले कुराकानी ‘निकै रचनात्मक’ भएको प्रतिक्रिया दिएका थिए । बाइडेनसँगको कुराकानीपछि रूस र अमेरिकाबीच ‘कहिल्यै शत्रुता नै नभएको’ जस्तो आफूलाई लागेको पनि उनको भनाइ थियो ।
त्यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले पनि पुटिनसँगको बैठक सकारात्मक भएको बताएका थिए । ‘मैले राष्ट्रपति पुटिनसँग मेरो एजेन्डा रूस वा अन्य कोहीविरुद्ध नभएको कुरा राखेँ । यो त अमेरिका र अमेरिकी नागरिकको पक्षमा रहेको छ,’ उनले भने ।
बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् । टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्रणाली र रूसको स्वास्थ्य प्रणालीमा भएको साइबर आक्रमणप्रति इसारा गर्दै पुटिनले दुवै देशका लागि ‘साइबर स्पेस’ असाधारण रूपले महत्त्वपूर्ण भएको बताए । रूसमा भएको आक्रमणबारे उनले भने, ‘मलाई लाग्दैन कि अमेरिकी प्रशासन यस कुरामा विशेष रूपले चासो राख्दछ । उ केवल आक्षेप मात्रै लगाइरहेको हुन्छ । हामीलाई विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ ।’
त्यस्तै उनले आर्कटिक क्षेत्रमा रूसी सैन्यीकरणलाई लिएर अमेरिकाले देखाएको चिन्ता पनि निराधार भएको बताए । परमाणु स्थिरताका बारेमा बाइडेनसँगको वार्तामा चर्चा भएको र आगामी दिनमा ‘न्यु स्टार्ट आर्म्स कन्ट्रोल’ सम्झौतामा परिवर्तन गर्ने कुरामा विचार गर्ने पनि पुटिनको भनाइ थियो ।
त्यस्तै भ्रष्टाचारको आरोपमा जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका बारेमा पनि निष्पक्ष रुपमा समाचार सम्प्रेषण नभएको पुटिनको भनाइ छ । उनले भने, ‘यिनलाई थाहा छ कि उनले रूसको वर्तमान कानुको उल्लंघन गरेका छन् ।’ पुटिनले अगाडि भने, ‘उनलाई थाहा छ कि उनी वान्टेड छन् तर पनि रूस फर्केर उनी गिरफ्तार हुन चाहेका थिए । उनले जे चाहेका थिए, त्यही गरे ।’
अमेरिकी राष्ट्रपति बाइडेनले भने नाभाल्नीलाई केही भए त्यसको परिणाम रूसले नै भोग्नुपर्ने चेतावनी दिएका छन् ।
त्यस्तै रूसी राष्ट्रपति पुटिनले बाइडेन डोनाल्ड ट्रम्पभन्दा धेरै फरक भएको भन्दै प्रशंसा गरेका छन् । उनले बाइडेनलाई ‘एक अनुभवी राजनेता’ को संज्ञा पनि दिएका छन् । साथै कुराकानीमा उनले दुवै देशले निष्कासन गरेका कूटनीतिज्ञलाई फिर्ता बोलाउने सहमति भएको पनि जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...