रुकुम पूर्वमा विपक्षी गठबन्धनको पहिलो बैठक , ओलीको असंवैधानिक कदमविरुद्ध एकताबद्ध भएर लड्ने उद्घोष
रुकुम पूर्व । विपक्षी गठबन्धनका ५ दलले रुकुम पूर्वमा पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना नियन्त्रणबारे छलफल गरेका छन् ।
विपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको भन्दै यसको विरुद्धमा एकताबद्ध भएर लड्नुपर्ने निष्कर्ष निकालेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले (माधव-झलनाथ पक्ष) जनता समाजवादी पार्टी (जसपा) नेपाल र र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले ओलीको संविधान विरोधी कदमविरुद्ध एकताबद्ध भएर लड्ने उद्घोष समेत गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यतामा रुकुम पूर्वको सिस्ने गाउँपालिका -०५, छिप्रिदहमा विपक्षी गठबन्धनको पहिलो बैठक बसेको हो । माओवादी केन्द्रका जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
कोरोना महामारीविरुद्धको प्रतिकार्यमा समूदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सबैले एकताबद्ध भएर लड्ने र संक्रमण भइसकेका बिरामीहरुलाई पाैष्टिक खाना सेवन गर्ने र प्रतिरक्षा प्रणालीमा विकास गर्नुपर्ने खालका कार्यक्रम बनाउन नेता पुनले जोड दिएका थिए ।
यस्तै, नेता पुनले कोरोनाको तेश्रो भेरियन्ट पनि आउनसक्ने भन्दै अस्पतालहरुले बालबालिकाका निम्ति पनि बेडहरुको व्यवस्था गर्नुपर्ने जोड दिएका थिए । युवा स्वयमसेवक परिचालन तथा अस्पतालको प्रशासकीस सुधारमा समेत जोड दिनुपर्ने उनको धारणा थियो ।
बैठकमा नेता पुनसहित माओवादी जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला उप–सभापति तेजेन्द्र बुढा मगर, जिल्ला सचिव भिमबहादुर खड्का, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, लालबहादुर विसी, सिस्ने गाउँ कमिटीका इञ्चार्ज बासुदेव गौतम, एमालेको (नेपाल–खनाल)पक्षका जिल्ला सचिव भुवनेश्वर उपाध्याय, जसपाका केन्द्रिय परिषद् सदस्य ओपेन्द्रलाल कामी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष चन्द्रविक्रम शाहीको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
बझाङ उपनिर्वाचनः मतगणना सुरु
काठमाडौं । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय...
-
जापानी परराष्ट्रमन्त्री कामीकावा नेपाल आउँदै
काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन्। जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा...
-
जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा
काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण...
-
उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
इलाम र बझाङमा आज उपचुनाव: मतदानमा सहभागी हुन आयोगको अपिल
काठमाण्डौ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान...