ताजा समाचार

लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार, नेपालीलाई निःशुल्क भिसा

काठमाडौं । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ ।

सन् २०२४ मे १ (वैशाख १९)देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दै उक्त जानकारी दिएको हो । एक्सप्रेस फि र सर्भिस फि भने लिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

नियमित तालिकाबमोजिम भीसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ । जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भीसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ ।

प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको छ । यसअघि उक्त शुल्क दुई हजार सात सय र चार हजार थियो ।

नेपालले चिनियाँ नागरिकलाई यसअघि नै भिसा शुल्क निःशुल्क गर्दै अनअराइभल भीसाको सुविधासमेत दिँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org