ताजा समाचार

एमालेमा समायोजन टुंग्याउन पूर्वमाओवादी नेताको छलफल

काठमाडाै । सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमै बसेका पूर्वमाओवादी नेताहरुले समायोजन टुंग्याउन गृहकार्य थालेका छन्।

सर्वोच्च अदालतको फैसला पछि नेकपा पूर्ववत एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर राययमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत एमालेमा नै बसेका थिए।

उनीहरुले आफूहरुसँगै एमालेमा बसेका अन्य कार्यकर्ताको समायोजन टुंग्याउन गृहयकार्य गरेका हुन्।

शनिबार ती नेताहरुले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद तथा प्रदेश कमिटी लगायतमा पूर्वमाओवादीको स्थानबारे छलफल गरेका हुन्।

सर्वोच्चको फैसला पछि माओवादी केन्द्रमा नफर्केकाहरुको राजनीतिक स्थान टुंग्याउन छलफल गरिएको टोपबहादुर रायमाझीले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org