ताजा समाचार

२ हजार संक्रमित थपिँदा ४९ सय भए निको, ३० जनाको मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८१० जनाको पीसीआर र एन्टिजेन विधिबाट परीण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज थपिएकासहित कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ ।

आज देशभरबाट ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । निको हुने दर ९१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३० संक्रमितको मृत्यु भएको छ । योसँगै अहिलेसम्म ८ हजार ९७५ संक्रमितले ज्यान गुमाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org