भीमार्जुनले उठाए प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको आह्वानमै प्रश्न
काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ (५) अनुरूप प्रधानमन्त्रीको आह्वानको प्रकियामै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आइतबार निवेदक पक्षबाट बहस गरेका आचार्यले निवेदकबाट माग भएभन्दा फरक ढंगले बहस गरेका हुन् ।
“७६ (३) को प्रधानमन्त्रीले ७६ (४) को प्रक्रिया पूरा नगरी ७६ (५) मा जानै सकिँदैन । किनभने, संसद्मा विश्वासको मत लिने कुरा म्यान्डेटरी हो,” आचार्यले भने, “प्रतिनिधिसभा विघटन असंवैधानिक हो, त्यहाँसम्म उहाँ पुग्ने अवस्था नै निर्माण भएको छैन ।”
यसअघि, ७६ (३) को प्रधानमन्त्रीले ७६ (४) अनुरूप विश्वासको मत लिनुपर्ने कुरा अनिवार्य हो र होइन भन्ने विषयमा निवेदक पक्षकै अधिवक्ता सुनील पोखरेल र दिनमणि पोखरेलबीच पनि मत बाझिएको थियो ।
सुनीलले ७ ६(२) र ७६ (५) का प्रधानमन्त्रीका लागि विश्वासको मत लिने कुरा अनिवार्य कानुनी बाध्यता भए पनि ७६ (३) को प्रधानमन्त्रीको हकमा बाध्यकारी हुन नसक्ने बताएका थिए । उनले ७६ (३) को प्रधानमन्त्री दाबी प्रस्तुत नगरी राष्ट्रपतिबाट नियुक्त हुने भन्दै बहुमत पुर्याउने आत्मविश्वास नहुँदा विश्वासको मत लिन्न भन्न सक्ने तर्क गरेका थिए ।
अधिवक्ता दिनमणि पोखरेलले भने संविधानको धारा ७६ (५) को प्रक्रिया सुरू भइसकेको भन्दै पछाडि फर्कने आधार नभएको बताएका थिए । आचार्यले भने दिनमणिसँग निकट हुने मात्र तर्क गरेका छन् ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...