ताजा समाचार

६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

मन्त्रलायले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पश्चिमलगाएत जिल्लाका सिडिओको सरुवा गरेको हो।

धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको छ। कञ्चनपुरका रामकुमार महतोको सरुवा सर्लाही भएको छ।

जुम्लामा उपसचिव विजया प्रसाई तथा रुकुम पश्चिम केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ। त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ।

सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org