ताजा समाचार

प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने

काठमाडाै । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताएका छन्।

विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने पौडेलले बताए

राष्ट्रिय सभाको बैठकमा बोल्दै पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए।

यस्तै ३६ सरकारी कार्यालय,  ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताए।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उनले राष्ट्रिय सभामा जानकारी दिए।

यस्तै बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षतिपुगेको बताए।

गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको उनले बताए।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org