विघटन मुद्दाको बहस सकिँदै, आजै फैसलाको संभावना
काठमाडौँ । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनको बहस सोमबार सकिँदैछ।
निर्धारित समय अनुसार अब जम्मा चार घण्टा मात्रै बहस बाँकी रहेकाले सोमबार सकिने सर्वोच्चले जनाएको छ।
अब निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा तथा नेपाल बार र सर्वोच्चबाट झिकाइएका चारजना एमिकस क्यूरीले दुई घण्टा बहस गरेपछि विघटन मुद्दाको बहस सकिनेछ।
जवाफी बहसकाे निर्धारित समयमा आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एक घण्टा लिएका थिए भने सोमबार बाँकी समयमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाललले विपक्षी र इजलासले उठाइएका प्रश्नको जवाफ दिनेछन्।
आइतबार मुद्दासँग सम्बन्धित गम्भीर संवैधानिक प्रश्न सोधे पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले राजनीतिक भाषणबाजी गरेर समय बिताएका थिए।
सर्वोच्च बारले एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठक पठाएको छ। स्रोतका अनुसार सोमबार निर्धारित कार्यतालिका अनुसार बहस सकियो भने फैसला सार्वजनिक हुने संभावना धेरै रहेको छ।
असार ९ गतेदेखि निरन्तर हुँदै आएको सुनुवाइमा संवैधानिक इजलासले विनेदक पक्षलाई सुरुवाति बहसका लागि १२ घण्टा, जवाफी बहसका लागि थप तीन घण्टा, विपक्षीलाई १५ घण्टा र एमिकस क्यूरीका लागि दुई घण्टा समय निर्धारण गरेको थियो।
निवेदकले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष बुझाएकाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन्।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...