ताजा समाचार

पाँच दलीय विपक्षी गठबन्धनका विद्यार्थी संगठनलाई प्रचण्डले भने- ओली घेराबन्दीमा छन्, हामी बलियो बन्दैछौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेरामा परेको बताएका छन्। पाँच दलीय विपक्षी गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरूसँगको भेटमा उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र ओली बन्दै गएको बताए।

उनले आफूहरु र केपी ओली उस्तै नरहेको पनि जिकिर गरे। ‘सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन। २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे।’ उनले भने, दुबैलाई उस्तै भन्ने त?

अध्यक्ष प्रचण्डले विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको दोहोर्याए। जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने उनले बताए।

विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवाहरूमा सही कुराको सम्प्रेषण हुने प्रचण्डको भनाई थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org