ताजा समाचार

एमाले कार्यदलको बैठकमा ढिलाइ, माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

काठमाडौं । नेकपा एमालेको एकताका लागि बनेको कार्यदलको वार्ता अझै शुरू भएको छैन ।

वार्तास्थल सिंहदरबार आएर माधव नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता रावल भेट्न कोटेश्वर पुगेका छन् । उनी

संस्थापनपक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका  सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भने सिंहदरवारमा छन् ।

यसअघि बिहान सिंहदरवारमै विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल हिजो राति अबेरसम्म दोस्रो तहका नेतासहित मेरियट होटलमा वार्ता बसेका थिए ।

हिजोको वार्तामा ठोस सहमति नभए पनि सकारात्मक रहेको नेताहरूले बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org