ताजा समाचार

माधव नेपाललाई भेट्न अर्याल होटेल पुगे घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

कार्यदल सदस्य घनश्याम भुसाल भने बैठ चल्दाचल्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बानेश्वर पुगेका छन् ।

उनीहरूबीच अहिले बानेश्वरको अर्याल होटलमा छलफल जारी रहेको छ । कार्यदलमा भएको छलफल र सहमतिबारे परामर्शका लागि भुसाल नेता नेपाललाई भेट्न गएका हुन् ।

आज सहमति सार्वजनिक गर्ने यसअघि नै बताइसकेका कार्यदलका नेताहरू बिहान ९ बजेदेखि निरन्तर छलफलमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org