कार्यदलले गरेको सहमतिप्रति नेपाल समूहभित्र असन्तुष्टि, केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडाैँ । नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न कार्यदलमा रहेका दुई पक्षबीच १० बुँदे सहमति भएको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र असन्तुष्टि देखा परेको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरू कार्यदल नै बनाएर पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधान गर्न क्रियाशील थिए। उनीहरूले आइतबार बेलुकी १० बुँदे सहमतिका प्रस्ताव सार्वजनिक गरेका थिए।
कार्यदलले गरेका सहमतिलाई अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने गरी गलत व्याख्या नगर्न भन्दै नेता नेपालले पनि असन्तुष्टि जनाइसकेका छन्।
नेपाल पक्षका अन्य नेताले पनि ‘प्रतिगमनको मतियारसँग झुकेको’ भन्दै कार्यदलको उक्त सहमतिप्रति असन्तुष्टि जनाएपछि आज केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।
नेपाल पक्षका नेता राजेन्द्र राईले भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक बस्ने बताए। उनले गत फागुन २८ मा ओलीले गरेका निर्णयलाई कार्यदलले स्वीकार गरेको जस्तो देखिएकोले त्यो आफूहरूलाई स्वीकार्य नहुने पनि बताए।
यस्तै नेता रामकुमारी झाँक्रीले आज आफूहरूको समूहको केन्द्रीय कमिटी बैठक बस्ने बताइन्। केन्द्रीय कमिटी बैठकपछि मात्रै कार्यदलले गरेको १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने उनले बताइन्।
अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने उनको अडान छ। नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
कार्यदलले पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत १० बुँदे सहमति गरेको थियो। उक्त सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी थियो।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...