ताजा समाचार

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघातः शंकर पोखरेल

काठमाडाैँ । नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्‍याएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नु पर्ने भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सोमबार बदर गरेको छ । र, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org