ताजा समाचार

देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन्।

देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सभापतिले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएको जानकारी दिए।

विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। कांग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने उनले बताए। सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएको छ।

नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न देउवाले आफ्नौ पार्टी र विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्न लागेको बुझिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org