ताजा समाचार

संसदीय प्रणालीका मूल्य र मान्यतामाथी प्रश्न उठ्ने गरी फैसला आउनु गलत छ, हामी सहमत छैनौंः सुवास नेम्वाङ

सर्वोच्चको फैसलाप्रति आफूहरुको सहमति नभएको तर सो फैसला मानेर जानुको विकल्प पनि छैन

काठमाडाैँ । एमाले नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको सहमति नभएको तर सो फैसला मानेर जानुको विकल्प पनि नरहेको बताएका छन्।

नेता नेम्वाङले गलत योजना र नियतका साथ फैसला आएको टिप्पणी गरे। गम्भीर परिस्थितिमा आएको फैसलालाई आफूले मसिनो ढंगले केलाएर हेर्ने उनले तर्क गरे।

उनले भने ‘संविधान, संविधानका अभ्यास, संसारभर प्रचलित संसदीय प्रणालीका मूल्य र मान्यतामा धेरै प्रश्नहरु उठ्नेगरी फैसला आउनु गलत छ, हामी सहमत छैनौं।’

त्यति हुँदाहुँदै पनि आफूहरुले विधिको शासनमा विश्वास गर्ने भएकाले यसलाई मानेर जानुको विकल्प नरहेको उनले औंल्याए। सर्वोच्चको फैसलाको असहमति जनाउँदै संविधानबमोजिम आफूहरु अगाडि बढ्ने उनले बताए।

आझ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न  परमादेश जारी गरेको छ।

संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org