ताजा समाचार

सिंहदरबारमा देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रालय बाँडफाँटबारे छलफल

काठमाडाैँ । नयाँ बन्न लागेको गठबन्धन सरकारको सत्ता साझेदारीका विषयमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटवार्ता सकेर माओवादी अध्यक्ष प्रचण्ड खुमलटार फर्केका छन् ।

दुई नेताबीचको भेटमा माओवादीले पाउने मन्त्रालयका बारेमा छलफल भए पनि के निश्कर्ष निस्कियो भन्ने विवरण सार्वजनिक भएको छैन ।

यसअघि पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रालयहरूको टुंगो लगाउन प्रचण्डलाई म्यान्डेट दिएको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार आजै शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । देउवाले आज काँग्रेस र माओवादीका मन्त्रीहरु राखेर  सानो आकारको मन्त्रिपरिषद बनाउने गृहकार्य गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org