ताजा समाचार

दलबलसहित बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर बालकोट स्थित निजी निवासका लागि हिँडेका छन्।

ओली बालुवाटारबाट भक्तपुरको बालकोटका लागि दलबलसहित प्रस्थान गरेका हुन्। उनलाई राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद महासंघले मोटरसाइकल र गाडी र्‍यालीसहित स्कटिङ्ग गरेको छ।

यस्तै अरु कार्यकर्ताहरु पनि उनको बिदाईमा बालुवाटार पुगेका छन्। सर्वोच्च अदालतको आदेश अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

सर्वोच्चको आदेशबाट पद मुक्त भएका ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अदालतको आदेशको आलोचना गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org