ताजा समाचार

खोपका लागि ५ अर्ब निकासा गर्ने अर्थमन्त्री जनार्दन शर्माको पहिलो निर्णय

काठमाडाैँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्।

आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय समेत गरेका छन्।

उनले पदभार ग्रहण गर्दै भने, ‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ।’

आज नै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन्।

नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org