ताजा समाचार

निर्वाचन आयोगद्वारा मध्यावधि चुनावका सबै कार्यक्रम रद्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्वाचन रद्द गरेको हो ।

बुधबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गरेर आयोगबाट असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जनाएका हुन् ।

गते जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

तर गत सोमबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन निर्णय बदर गरिदिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org