ताजा समाचार

नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग सत्ता सहकार्यको विषयमा छलफल गर्न उनकै निवास कोटेश्वर जाने भएका छन् ।

प्रधानमन्त्री देउवा अपरान्ह पाँच बजे नेपाल निवासमा जाने एमाले नेता विरोध खतिवडाले  जानकारी दिए । प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटमा सरकार निर्माणको विषयमा छलफल हुने बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेपछि सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । देउवासहित पाँच मन्त्रीले मंगलबार राष्ट्रपति निवास शतिल निवासमा शपथ ग्रहण गरेका हुन् ।

देउवा नेतृत्वको सरकार गठन हुनुपर्ने दाबीसहित कांग्रेस, माओवादी, जसपा(बाबुराम–उपेन्द्र) समूह, जनमोर्चा र एमालेकै माधवकुमार नेपाल समूहका सांसदले सर्वाेच्चमा हस्ताक्षर बुझाएका थिए । नेपाल समूहका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org