ताजा समाचार

प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

नेपाल निवास कोटेश्वरमा अहिले प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र नेपालबीच भेटवार्ता भइरहेको एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार कोटेश्वर पुगेर पहिला देउवाले नेपाल निवासमा रहेका एमाले सांसद र नेताहरूसँग छलफल गरेका थिए । त्यसपछि अहिले तीन नेताबीच गोप्य छलफल भइरहेको खतिवडाले बताए ।

भेटवार्तामा सरकारमा सहभागिता, विश्वासको मत र समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबारमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन एमालेको विरष्ठ नेता नेपाल समूहका २३ सांसदले पनि हस्ताक्षर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org