ताजा समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ ।

यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org