ताजा समाचार

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका विप्लवले बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका थिए ।

धर्मेन्द्र बास्तोलालाई लिएर विप्लव नेपाल निवास पुगेका थिए । यसअघि प्रचण्डसँगको भेटमा पूर्वमाओवादीमा रहेका सबै नेता एक ठाउँमा हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org