ताजा समाचार

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, पुरानै नियमलाई निरन्तरता

काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।

आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । तर यसअघि जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर छाटाे दुरीका सार्वजनिक सवारीसाधन चल्नेछन् भने अन्य ताेकिएका क्रियाकलाप पनि सञ्चालन हुनेछन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्राईले पुरानै नियम जारी राखेको जानकारी दिए । उनले  भने, ‘‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सीडीओसँग समन्वय गरेर आउन पाउने छन् ।”

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org