ताजा समाचार

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल आएनन्

काठमाडाैँ । सिंहदरबारमा गठबन्धनको बैठक बसेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच छलफल भएको हो।

छलफलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि उपस्थित थिए।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। अहिले बैठक सकिइसकेको छ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने आएका थिएनन्। उनले केही समयअगाडि आफू गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org