ताजा समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै , तीन एजेण्डामा छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदैछ ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । बैठकस्थलमै पुगेर पनि आग्रह गर्न सक्ने भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सार्नु भएन भने हामी जाँदैनौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org