ताजा समाचार

वैद्य र चन्दबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता छ । पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका चन्दले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट नेताहरुले बताएका छन् । भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषमा छलफल भएको नेताहरुको भनाइ छ । तत्कालिन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र चन्द पछि अलग्गिएका थिए । वैद्यको कार्यशैलीबाट असन्तुष्ट रहेका चन्दले छुट्टै पार्टी गठन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org