ताजा समाचार

अस्पतालको शय्याबाट झलनाथको वक्तव्य– अलमल नगरी देउवालाई मत दिनू

काठमाडाैँ ।  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन्।

भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सांसदहरूलाई अलमलमा नपर्न समेत भनेका छन्।

खनालले विज्ञप्तिमार्फत् शेरबहादुर देउवा नेतृत्वको सरकार २ वर्ष निवार्ध चल्नुपर्ने बताएका छन्।

‘सर्वोच्च अदालतको उक्त फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ। यो सरकार अब दुई वर्षसम्म निर्वाध रूपले चल्न सक्नुपर्छ’, खनालले विज्ञप्तिमार्फत् भनेका छन्, ‘त्यसैले म नेकपा एमालेका सांसदीय दलका सम्पूर्ण माननीय सदस्यलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दुछ।’

उनले देउवाले विश्वासको मत प्राप्न नगरे मुलुक फेरि संकटग्रस्त हुने टिप्पणी गरेका छन्।

खनालले पार्टी एकताका लागि दोस्रो पुस्ताका नेताहरूको पहलकदमीलाई भने समर्थन गरेका छन्।

‘हाम्रो पार्टीका दोस्रो पुस्ताका साथीहरूको पहलकदमीलाई समर्थज गरौं र एकता संघर्ष उन्नतस्तरको एकताको द्वन्द्वात्मक प्रक्रियामार्फत् पार्टीलाई नयाँ धरातलमा एकतावद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेलौं’, खनालले विज्ञप्तीमा भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org