ताजा समाचार

एमाले स्थायी कमिटीको निर्णय : देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्

देउवालाई विश्वासको मत दिने साथीहरू एमालेमा रहनुहुन्नः प्रवक्ता ज्ञवाली

काठमाडाैँ  । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई पार्टीमा ठाउँ नरहने बताएका छन् ।

आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले पार्टी निर्देशनविपरीत विश्वासको मत दिने सांसदलाई पार्टीमा स्थान नरहने बताएका हुन् ।

ज्ञवालीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्ने अनि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर विश्वासको मत दिने साथीहरू एमालेमा रहनुहुन्न ।’

संविधानको धारा ७६ को ५ को व्याख्या अनुसार सांसदबाट जिम्मेवारीबाट एमालेले हटाउन मिल्दैन । आजको एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org