जसपा विवाद : उपेन्द्र यादव पक्षको बहस सकियो, भोलि ‘हेड काउन्ट’ हुने
काठमाडाैँ । निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ ।
महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि एक छिनका लागि ब्रेक भएको छ । ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बताए ।
यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन् ।
त्यस्तै, महन्थ ठाकुरको पक्षमा जसपाका कार्यकारिणी सदस्य समेत रहेका अधिवक्ता लक्ष्मणलाल कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो, प्रकाश केसी, विजयकान्त न्यौपाने, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने बताइएको छ । सकभर दुवै पक्षको बहस आजै सकाउने तयारी छ तर लम्बियो भने भोलि पनि बहस हुने सम्भावना रहेको उनले बताए ।
उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरेको छ । उपेन्द्र यादवको कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट गर्न आफूहरूले आग्रह गरेको अधिवक्ता मिथलेस सिंहले बताए । आज बहस सक्यो भने भोलि हेड काउन्ट हुने उनले बताए ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...