ताजा समाचार

योगेश भट्टराईले देउवालाई विश्वासको मत नदिने

काठमाडाैँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।

माधव नेपाल पक्षले मत दिने तयारी गरेका बेला नेपाल पक्षकै सांसद भट्टराईले देउवालाई विश्वासको मत नदिने भएका हुन् ।

आइतबार देउवाले संसदमा विश्वासको मत माग्दा उनको पक्षमा मतदान नदिने निर्णय भट्टराईले गरेको उनको सचिवालयले जानकारी दिएको छ । ओलीका कदमको विरुद्ध भट्टराईले माधव नेपाललाई साथ दिए पनि देउवालाई प्रधानमन्त्री बनाउने कुरामा भने साथ दिएका छैनन् ।

देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै राष्ट्रपति समक्ष पेश गरको दावीमा पनि योगेशले हस्ताक्षर गरेका थिएनन् । प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गरी सर्वोच्च अदालतमा १४६ सांसदले रिट दायर गर्दा पनि उनले साथ दिएका थिएनन् ।

प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले संविधानको धारा ७६ को उपधारा ६ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org